विनोद शर्मा पौडेल सर्वोच्चको न्यायाधीशमा सिफारिस

Nepal Cover
११ भाद्र २०८०, सोमबार
image

काठमाडौं । विनोद शर्मा पौडेललाई न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अघिल्लो बर्षको भदौमा पनि उनको नाम न्यायाधीशमा सिफारिस भएको थियो ।

त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति हुन पाएका थिएनन्। तर आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

‘आज न्यायपरिषदको बैठक थियो, परिसरले उहाँको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो’, कार्कीले भने, ‘अब उहाँको नाम संसदिय सुनुवाइ समितिमा पठाइनेछ ।’
गतवर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् । उनको सिफारिसबारे निर्णय हुन नसकेपछि पुराना मुद्दाको टुंग्याउने काममा संलग्न थिए । सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरका कामू मुख्य न्यायाधीश थिए ।