राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी

  Sampatti News

August 28, 2023

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी उपस्थित छन् । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति छ ।

बैठकको सुरुवातमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।

प्रकाशित मिति:August 28, 2023