जथाभाबी निर्माण सामाग्री सडकमा छोड्नेलाई अब जरिवाना

Nepal Cover
११ भाद्र २०८०, सोमबार
image

काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगर प्रहरीले काठमाडौं महानगरपालिका–९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो ।

स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ ।

यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने लगायतमा पनि जरिवाना गर्दै आएको छ ।