टीकापुरको जग्गा कण्डमा आफु मुछिएपछि आफ्नो बचाउ पक्षमा ः आरजु

  Sampatti News

August 28, 2023

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको उनको तर्क छ ।

टिकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गामध्ये आरजुको नाममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको थियो । अनियमित रुपमा बाँडिएको जग्गा अनुसन्धानका क्रममा आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसम्म मुछिएको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।
यो विषयमा मात्र उजुरी परेको भन्दै उनले भनेकी छन्, ‘त्योभन्दा पहिले पनि उजुरी परेको थियो, के–के गरेर मिलाए, बन्द भयो । अहिले उजुरी चाहिँ नेपाली कांग्रेसकै साथीहरुले खोलाएको हो ।’ अहिले रेशम चौधरीको पनि नाम आएको भन्दै उनको हकमा कहिले किनेको हो भन्ने थाहा नभएको उनी बताएकी छन् ।

‘मेरो नामको जग्गाको विषयमा पहिल्यैदेखि सम्पत्ति विवरणमा पनि उल्लेख छ, यसमा कैफियत छैन’, आरजुले भनेकी छन् । प्राप्त गरेको कागजातहरुमा आरजुले १३ वैशाख २०५४ मा टिकापुर विकास समितिमा दिएको निवेदनका आधारमा त्यसको दुई दिनपछि ३ कठ्ठा ७ धुर जग्गा लिएको देखिन्छ । आफ्नो बचाउको पक्षमा तर्कहरु खण्डन गर्दै आफुलाई बचाउने प्रयासमा रहेकी छिन् यतिबेला आरजु ।

प्रकाशित मिति:August 28, 2023