संसदीय समिति सभापतिहरूको शपथ ग्रहण साढे ४ बजे हुने

  Sampatti News

August 28, 2023

काठमाडौँ । प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरूको शपथ अपराह्न साढे साढे ४ बजे हुने भएको छ । कृषि समितिको हलमा सभापतिहरूको शपथको कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

१० मध्ये ९ समितिको सभापतिमा सर्वसम्मत चयन भइसकेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनतम पार्टीका अब्दुश खान र रास्वपाका गणेश पराजुलीबीच अहिले चुनाव हुँदैछ ।
निर्वाचन भएलगत्तै सभापतिहरूको शपथ तय कार्यक्रम तय भएको हो । जनमतका खानलाई सत्ता र प्रमुख प्रतिपक्षी दल सबैको समर्थन छ ।

प्रकाशित मिति:August 28, 2023