नेपालमा भित्रिने भारतीय मालवाहक गाडीमा रोक लगाउन माग

  Sampatti News

August 28, 2023

काठमाडौँ । नेपालमा रहेका भारतीय मालवाहक गाडीहरूमा रोक लगाउनुपर्ने माग गरिएको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यस्तो माग गरेको हो । नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरूले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन्।

उनीहरूले निर्बाध रूपमा आउने भारतीय गाडीमाथि स्थायी ढङ्गबाट रोक लगाइनुपर्ने बताए। त्यस्तै उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् ।

प्रकाशित मिति:August 28, 2023