सचिवमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस

  Sampatti News

August 29, 2023

काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटकपटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार तीन जनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

प्रकाशित मिति:August 29, 2023