सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध छ ःप्रधानमन्त्री ‘प्रचण्ड’

  Sampatti News

August 29, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले समाजिक सद्भावमा खलबल पार्ने र एक अर्काको संस्कृति र धर्म विरुद्ध हुने दोषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका छन् ।

सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने,‘सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दछु । ’

उनले नेपालको राष्ट्रियता बलियो भएको बताएका छन् । सामाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि कार्य हुन नदिन सरकार दृढ र स्पष्ट भएको उनको भनाई छ ।

प्रकाशित मिति:August 29, 2023