इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग

  Sampatti News

August 29, 2023

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा इन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुनाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो अवस्थामा देशको भविष्य के हुन्छ ? पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो बेला देशको नेताहरुले भविष्यको योजना कसरी बनाउनु हुन्छ त्यसैले चाँडो यसको समाधान गर्न माग गर्दछु । ’

उनले कम्प्युटर शिक्षाको लागि करारमा मात्र राख्ने गरेको भन्दै दरबन्दीमा राख्न समेत माग गरे ।

प्रकाशित मिति:August 29, 2023