ग्रैमी अवार्ड सम्पन्न, ६ अवार्ड गाएक ब्रुनो मार्सको हातमा

Nepal Cover
६ मंसिर २०७५, बिहीबार
image

अन्तर्राष्ट्रिय संगीत जगतको सबैभन्दा चर्चित अवार्ड शो ग्रैमी अवार्ड २०१८  आइतबार समापन भएको छ। न्युयोर्क सहरमा सम्पन्न भएको ६०औ ग्रैमी अवार्डमा सबै भन्दा धेरै विधामा गाएक ब्रुनो मार्सले अवार्ड जित्न सफल भएका छन् ।

ब्रुनो मार्सले वर्षको उत्कृष्ट गीत, रेकर्ड, एल्बम, , आर एंड बि एल्बम, गरि ६ वटा अवार्ड हात पारेका छन् । उनले ‘२४ क्यारेट म्याजिक’ बाट  उत्कृष्ट एल्बम तथा उत्कृष्ट रेकर्ड  को अवार्ड पाउन सफल भएका थिए ।

त्यसैगरी एलिसा काराले उत्कृष्ट नव गायिकाको अवार्ड जित्न सफल भईन । त्यस्तै चर्चित गीत ‘सेप ओफ यु’ बाट गाएक इद शेरेनले  उत्कृष्ट एकल पप गाएकको अवार्ड जित्न सफल भएका छन् । ८४ विधामा अवार्ड दिईएको यस अवार्ड शोमा विभिन्न चर्चित गाएक गायिकाको सांगीतिक प्रस्तुति समेत रहेको थियो