गौहत्या विरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन

  Sampatti News

August 29, 2023

काठमाडौँ । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।

मङ्गलवार गाई मार्न पाईदैन, कानूनको पालना गर लगायतका नारासहित काठमाडौँको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा सहभागी विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भइरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।

‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौँ ।

उनले गाई मार्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । गाई जस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफुहरुले नछोड्ने उनिहरुको भनाई छ ।

प्रकाशित मिति:August 29, 2023