सुन काण्डका कारण अनावश्यक दुःख दिएको भन्दै १३७ कर्मचारीले मागे सरुवा

Nepal Cover
१३ भाद्र २०८०, बुधबार
image

काठमाडौँ । भन्सार विभाग अन्तर्गत भन्सार अधिकृतसहित कार्यालय सहयोगीसम्मका एक सय ३७ कर्मचारीले सामूहिक सरुवा मागेका छन् । ६० किलो सुन पक्राउ प्रकरणपछि अनुसन्धान तथा छानबिनको बहानामा विना कारण दुःख दिने काम भएको भन्दै सामूहिक सरुवा मागेका हुन् ।

घटनामा संलग्नलाई कारबाही गर्ने कुरामा आफ्नो दुई मत नरहेको भन्दै कर्तव्य पालनको सिलसिलामा खटिएका कर्मचारीमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदैसमेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै कार्यालयमा आई काम गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनीहरूको भनाई छ ।

कर्मचारीको सरुवा सूचिसहित ः