September 1, 2023
काठमाडौँ । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौँ आइपुगेका छन्। उनी त्यहाँका वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्यसमेत हुन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन्।
काठमाडौँस्थित अमेरिकी राजदूतावासले भ्रमणका क्रममा सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जानकारी दिएको छ।
प्रकाशित मिति:September 1, 2023
November 22, 2024