रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

  Sampatti News Online

September 3, 2023

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।

विकास केन्द्र, शिक्षक प्रशासन समन्वय शाखाले आइतबार यही भदौ ३१ गतेभित्र यसको विवरण पठाउनु भनेको हो।

शिक्षक सेवा आयोगले खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरणको माग गरेको छ।

‘२०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रूपमा तपसिल बमोजिमको तोकिएकै ढाँचामा तयार गरी २०८/५/३१ गतेभित्र सोको हार्ड र सफ्ट कपी विवरण पठाउनु हुन निर्देशानुसार अनुरोध छ।

प्रकाशित मिति:September 3, 2023