एसिया कप : भारतविरुद्ध नेपाललाई चौथो विकेटकाे झट्का

Nepal Cover
१८ भाद्र २०८०, सोमबार
image

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।