पालुङ–नौबिसे सडक खण्ड पनि अवरुद्ध

  Sampatti News

July 24, 2020

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दीए।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए।
अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:July 24, 2020