अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

September 5, 2023

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ५ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।​

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसमेत लिइसकेको अवस्थामा अख्तियारको टोलीले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।
पछि अनुसन्धानको सिलसिलामा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव पनि घुस लिने प्रयोजनमा संलग्न भएको भन्दै अख्तियारले पक्राउ गरेको थियो ।

ऊनीहरूसँग पाँच लाख रुपैयाँ बिगो माग गरिएको छ । अख्तियारले उनीहरू तिनै जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

प्रकाशित मिति:September 5, 2023