काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी)ले पूर्वउपराष्ट्रिपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ। ६० किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि पुन आफैं महाराजगञ्जस्थित ब्यूरो पुगेर बयान दिएका हुन्।
गत ३ साउनमा एयरपोर्टबाट भएको ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाहरुसँग पुनको पनि उठवस देखिएपछि सीआईबीले उनीसँग बयान लिन खोजेको थियो। मंगबार पुन आफैं पुगेका बयान दिएको स्रोतले बतायो।
३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।