६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

  Sampatti News

September 5, 2023

काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी)ले पूर्वउपराष्ट्रिपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ। ६० किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि पुन आफैं महाराजगञ्जस्थित ब्यूरो पुगेर बयान दिएका हुन्।

गत ३ साउनमा एयरपोर्टबाट भएको ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाहरुसँग पुनको पनि उठवस देखिएपछि सीआईबीले उनीसँग बयान लिन खोजेको थियो। मंगबार पुन आफैं पुगेका बयान दिएको स्रोतले बतायो।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति:September 5, 2023