अनधिकृत रूपमा सञ्चालन गरेका औषधि पसललाई कानूनी दायरामा ल्याउने काठमाडौं महानगर

  Sampatti News Online

September 6, 2023

काठमाडौं- काठमाडौँ महानगरपालिकाले अनधिकृत रूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ। कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालन छन्।

सञ्चालित धेरै औषधि पसल कानून विपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कारबाही गर्ने जानकारी दिए। यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन्। जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेको थाहा पाएपछि अनुगमन गर्न लागिएको पौडेलले बताए।

प्रकाशित मिति:September 6, 2023