तान्जानियाको पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन

  Sampatti News

July 24, 2020

काठमाडौँ । तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ। तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उहाँ देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो। उहाँले सन् १९९५ बाट २००५ सम्म २ कार्यकाल राष्ट्रपतिको रुपमा शासन गर्नु भएको थियो।

तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट ‘म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो। आउनुहोस्, हामी उहाँहरूका लागि प्रार्थना गर्रौ र थप जानकारी पछि आउनेछ ’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गर्नु भएको छोटो सम्बोधनमा बताउनु भएको छ। मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन्।

मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो। उहाँले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गर्नु भएको थियो। उहाँ देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गर्नु भएको थियो।

राष्ट्रपति हुनुअघि उहाँले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हाल्नु भएको थियो। राष्ट्रपति हुनु भन्दा अघि उहाँँ संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा पनि हुनु भएको थियो ।

उहाँको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ।

प्रकाशित मिति:July 24, 2020