जहाँ गयो त्यहीँ सफल बन्दैछन्

प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेब भारती

  Sampatti News

September 8, 2023

काठमाडौँ । सामान्यतया प्रमुख प्रशासकीय अधिकृतलाई सेवाग्रहीले कार्यालयमै पुगेर पनि सजिलै भेट्न गाह्रो हुन्छ । तर ललितपुर महानगरपालिकामा भर्खरै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेब भारती भने जहाँ जहाँ बसे त्यस नगरपालिका भित्रका समुदायका समस्या सुन्ने ,बुझ्ने अनि कार्यान्वयनको तहमा लैजान मेयर ,उपमेयर सहितको टिम सम्म पुर्याउने सहजकर्ताको भुमिकामा रमाइरहने व्यबहार नै मुल कारण बन्यो सफलताको। जसवापत दर्जनौं नगरपालिका भित्रको प्रशासकिय कार्यको भब्य अनुभव सुरक्षित राख्न सक्यो उनका बिगतले।


दैलेखको विकट गाउमा जन्मेका भारती २०६१ सालमा निजामती सेवा प्रवेश गरेका उनले विभिन्न उकाली ओराली छिचोल्दै कयौं कठिन पहाड बनेका चुनौतिलाई साक्षातकार मात्रै गरेनन् । कोशिश गर्नेहरु कहिल्यै हार्दैनन भन्ने भनाइ लाई सार्थक बनाइदिएका पनि छन्। कडा मेहनत र निरन्तर गरिएको प्रयासका सामु उपसचिव र सहसचिवको पद लेखेर नै हात पारेको अनुभव उनी संग सुरक्षित छ। दैलेख जन्मेका भारतीले आफनै जन्म थलोमा स्थानीय तहको पहिलो सेवा गर्ने अवसर पाएर पनि हुनुपर्छ जहाँ गयो त्यहीँ सफलता पाएका छन्। नारायण नगरपालिका दैलेख ,डोल्पामा एलडिओ ,नेपालगन्ज नगरपालिका गोकर्णेश्वर नगरपालिका बुढानिलकण्ठ नपा ,पालुङटारनपा ,कोहलपुर नपा ,गोदावरी नपा र सहसचिव भैसकेपछी बुटवल उपमहानगरपालिका ,पोखरा महानगरपालिका हुँदै ललितपुर महानगरपालिकामा रहेर सेवा गर्ने क्रममा पुगेका छन्। यति धेरै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दाको योगदान स्मरण योग्य रहेको बताइन्छ ।


जहाँ समस्या समाधानका निम्ति वीरेन्द्रदेव भारती

पछिल्ला दिनहरूमा जहाँ समस्या त्यहाँ वीरेन्द्रदेवको जिम्मेवारी जस्तै बन्न पुगेको छ । बुटवल उपमहानगरपालिकामा देखिएको समास्या मात्रै होइन अन्य नगरपालिकामा समाधान के त ? खोजी हुँदा जवाफमा वीरेन्द्रदेव भारती बनेका उनी ललितपुरमा कसरी प्रस्तुत हुन्छन् त्यो भने हेर्न बाकी भएको उनलाई नजिक बाट नियाल्नेहरुको भनाइ छ। जिम्मेवारी पाएका धेरै ठाउँमा उनले उदाहरणीय कार्य गरेको पाइन्छ ।
पोखरा महानगरपालिकाको नेतृत्व भारतीले समालेका बखत चारै तिर चुनौती थिए ।अन्तर्राष्ट्रिय एयरपोर्ट भएको पर्यटकीय हब पोखरा नगरी भित्रको फोहोर ब्यबस्थापनको पाटो पेचिलो बन्दै गएकोले कहिकतै फोहर फाल्न नदिने परिस्थितिमा पनि एउटा समाधान बनेर उदाएका भारती संग यस्ता अनुभवहरु दर्जनौं छन्। जहाँ बसेका छन् त्यहाँ कार्यालयको सेवाप्रवाहमा आमूल परिवर्तन भएको छ । सेवाग्रहीलाई टाइम कार्ड उपलब्ध गराउने सोचाइमा रहेका सार्वजनिक विदाका दिनमा पनि सेवा उपलब्ध गराउने जस्ता अनुकरणीय काम उनले गरेका छन् । सार्वजनिक विदाको दिनपनि नगर भित्र भैरहेका कामका अनुगमन र नागरिक हितका अन्य कार्यक्रममा समाहित हुँदै आएको देखिन्छ ।


को हुन् ललितपुर महानगरपालिकाका प्रमुख कार्यकारी भारती ?

नेपाल सरकारको सहसचिव पदमा कार्यरत भारती एक मृदुभाषी,सरल,सहज ,इमान्दार,प्रतिभाशाली कर्मचारी समेत हुन् । एउटा कुशल प्रशासकमा हुनुपर्ने सबै गुण छन् भारतीमा । उनको कार्यकुशलताबाट सेवाग्राहीमात्र होइन त्यस कार्यालयका र अन्य कर्मचारी पनि उत्तिकै प्रभावित हुन्छन् । उनि निःस्वार्थ ढंगले नियमानुसार मात्रै होइन आइपर्ने जनताको ब्यबहारिक कामको निकास दिने क्षमता पनि राख्छ्न्। आफू कार्यरत कार्यालयमा उनी कार्यालय समयका अतिरिक्त सार्वजनिक विदाका दिनमा पनि काममा र सामाजिक काममा व्यस्त रहन्छन् । कार्यसम्पादनका क्रममा पेशागत निष्ठा, नियमितता, मितव्ययिता र कार्यदक्षताको राम्रो ख्याल राख्छन् । प्रमुख कार्यकारीको पदलाई उनले जागिर होइन,नगरको सेवा गर्ने अवसरका रुपमा लिएका छन् । आफ्नो जिम्मेवारीप्रति उनमा समर्पणको भाव छ । कामको चापका बीच पनि प्रसन्न रहनु, प्रतिकूल परिस्थितिमा नआत्तिनु र स्वविवेका आधारमा निर्णय लिनु उनका विशेषता हुन् ।

भारती एक प्रखर तार्किक बौद्धिक क्षमतायुक्त प्रशासक हुन् । स्थानीय प्रशासनमा लामो अनुभव भएका भारतीलाई निजामती वृत्तमा ठुला जिल्लाका भावी सफल प्रमुख जिल्ला अधिकारी रुपमा समेत हेरिन्छ । उनी पेशागत निष्ठा, मर्यादा र आचारसंहिताको पूर्ण परिपालना गर्दै नियममा अडिग रहने प्रशासक भारतीले हाल सम्म १४ वटा नगरपालिकाको कार्यकारीको भुमिका सफलताका साथ निर्वाह गरिसकेका छन्। पोखरा महानगरपालिका बाट ललितपुर महानगरपालिका आएका उहाँ सग स्थानीय तह संचालनको गहकिलो अनुभव छ। सहसचिव भारती सग एकपटक भेटने सेवाग्राही मिठो सम्झना बोकेर फर्कन्छ्न। । भारतिले कार्यालयका आगन्तुक, जनप्रतिनिधि र कर्मचारीलाई उत्तिकै सम्मानपूर्वक व्यवहार गर्छन । उनको हृदय र मनबीच समानता छ । उनको बोली जत्ति मीठो छ, सेवाग्राहीप्रतिको व्यवहार पनि त्यत्तिकै राम्रो छ । निजामती सेवाको उच्च पदमा पुगेपनि उनमा कुनै दम्भ,अहंकारको भाव छैन । शालीन हाउभाउ र भव्य व्यक्तित्वका धनी भारतीको आदर्श ‘सादा जीवन उच्च विचार’हो ।स्थानीय तहको दरिलो अनुभव बटुल्ने अवसर पाएका नेपाल सरकारका सहसचिव भारती जस्ता प्रशासक लाई प्रमुख जिल्ला अधिकारीको भुमिकामा भित्र्याउदा सुशासनको प्रत्याभूतमा टेवा पुग्ने देखिन्छ । निजामती दिवस मनाइरहदा राष्ट्रले यस्ता स्थानीय तहमा नतिजामुखी काम दिने काबिल प्रशासकको कदर गर्नुपर्ने आवाज पनि त्यतिकै उठने गरेको छ।

२२ भदौमा मनाइने निजामती सेवा दिवसको अवसरमा सम्पुर्ण कर्मचारीहरुमा देश र जनताको सेवालाई नै आफ्नो मुख्य जिम्मेवारी र कर्तव्य ठानेर अघि बढ्ने प्रेरणा मिल्न सकोस।

प्रकाशित मिति:September 8, 2023