अख्तियारले खोजेका प्रकाश जोशी भए पुन: महानिर्देशक

  Sampatti News Online

September 8, 2023

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले महानिर्देशक जनकराज जोशीलाई भूमि व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्दै मन्त्रालयका भ्रष्ट सहसचिव प्रकाश जोशीलाई नापी विभागमा पुन महानिर्देशकको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले यस अघि पनि महानिर्देशक भएका बिबादास्पद छबिका जोशीलाई विभागको महानिर्देशकका रूपमा पुन: पठाउने निर्णय गरेको हो। विभागमा इमानदारीपूर्वक कार्यरत जनकराज जोशीलाई फिर्ता बोलाएर मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रीस्तरीय निर्णय मार्फत प्रकाशलाई विभागको महानिर्देशकका रूपमा जिम्मेवारी दिएका हुन् । यतिबेला कार्यसम्पादनका आधारम सरुवा गर्नुपर्ने र भाबी योजनाको मस्यौदा बनाउदै कार्यमा जुटनुपर्ने बेलामा एकाएक महानिर्देशकको सरुवा हुनुलाई भुमाफियाको सेटिङले मन्त्रीलाई प्रभावित गरेको बताइन्छ ।

भूमि व्यवस्था मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका सहसचिव जोशीको अपरिपक्व कामका कारण कतिपटक तत्कालीन सचिब डाक्टर दामोदर रेग्मी संग विवाद समेत भएको बताइन्छ । मन्त्रालयमा हुँदा कित्ता नापी र मालपोत कार्यालयको सरुवामा आखा लगाएर सहपाठीका कुरा मन्त्रीलाई नभएको कुरा लगाउने कुरौटे सहसचिवका रूपमा परिचित सहसचिव जोशीलाई अख्तियारले निगरानीमा राख्दै गर्दा दोश्रो कार्यकालको जिम्मेवारी पाउनुलाइ अर्थपुर्ण रूपमा हेरिएको छ।
नेपालको चुच्चे नक्सा जारी गर्ने भनिएको बेला तत्काल नै भारतीय दूतावासमा खबर पुर्याएर नजिक बनेको जासुसी आरोप उनलाई लाग्ने गरेको छ। जग्गाको किसिम छुट्ट्याएर कित्ताकाट गर्ने नीति तयार गर्दा नितिगत भ्रष्टाचार गर्ने जोशीका धेरै काण्डहरु यतिबेला चर्चामा छ। भुमाफिया संग साझमा रमाउने उनका निजि व्यबहारले पहिलो महानिर्देशक कार्यकालले थप चर्चा पाउने गरेको छ।

ऋषि कुमार यादव बाट

प्रकाशित मिति:September 8, 2023