तिज भड्किलो बन्दै जादा समाजिक बिकृती मौलाउदै गयो,प्रशासन बन्यो बेखबर
महिनौ अघि देखि तिज मनाउने होडबाजीले मौलायो बिकृती
महिनौ अघि देखि तिज मनाउने होडबाजीले मौलायो बिकृती
September 9, 2023
देशको ढुकुटीबाट पैसा सकियो अब नियमित गर्दै आएका आवश्यक भएका कतिपय कार्यक्रमको खर्च सकियो धान्न सकिन्न खर्च कटौती गरौं भन्ने आवज एकातिर सुनिन्छ । तर श्रावणमा तलब खुवाउन ॠण लिनुपरेको यथार्थ छदैछ । तर संस्कृति मान्नु र जगेर्ना गर्नु एउटा महत्त्वपूर्ण पक्ष हुनसक्छ र हो पनि। तर संस्कृति मान्ने नाममा थप बिकृती जन्माउने छुट कसैलाई हुदैन । केहि वर्ष देखि बिशेष गरि शहरी क्षेत्रम तडकभडक सहितको तिज मनाउने नाममा देखिएको दृश्यले समाजमा बिकृती जन्माएको मात्रै छैन कतिपयको घर परिवारको सुखी जीवन नै क्षणभरमै तहसनहस भएको छ।
यस्ता बढदो भड्किलो पर्वलाई कम गर्दै कसरी संस्कृति जगेर्ना गर्ने भन्ने बिषयमा बहस गर्दै जानुपर्नेमा त्यसो नगरी स्थानीय तहमा तिज मनाउने नाममा लाखौं खर्च गर्ने परम्परा सुरु भएको देख्दा राज्यका निकाय नै समाज बिगार्न लागिपरेको मात्रै होइन माथिल्लो निकायले दिएको निर्देशनमा संबेदनसिलता नदेखिएको आरोप लाग्न थालेको छ। उपत्यकाको चन्द्रागिरी नगरपालिकाले प्रत्येक वडामा २, २ लाखका दरले ३० लाख रकम दिएर तिज मनाउन प्रोत्साहन गराउनुले हाम्रो समाज कता जादै छ थप चिन्ता जन्माएको छ।
सर्वसाधारणको घरमा चुलो बाल्न धौ धौ छ तर नगरपालिकाले नागरिकको हितमा नयाँ नयाँ उत्पादन मुलक कार्यक्रम ल्याउन छोडेर बिकृतिलाइ बढाउन थप मद्दत पुग्ने हिसाबले बजेट नै बिनियोजित गरेको सुन्दा नागरिक समाज नै आश्चर्यचकित परेको छ।महिलाहरू जाडरक्सी सहितको भड्किलो तिज मनाउने नामामा होमिएका छ्न। भबिस्यका गोरेटो कोरेर मिलेर बसेको घरमा बढदो द्वन्द्वले कतिपयको घरपरिवार टुटेको परिवेश हेक्का नभएर हो कि चन्द्रागिरी नपाका सामाजिक अधिकृत रश्मि श्रेष्ठ कर्माचार्यको गतिविधि नै भड्किलो भएको व्यबहारले चन्द्रागिरीमा थप बिकृती जन्माएको त्यहाँका महिलाको भनाइ छ।
यसैबीच तिज मनाउने बाध्यताले कम्जोर आम्दानी भएका महिलाले देखोसिखी नगरुन र चन्दा आतंकले बढोत्तरी नपाओस भन्दै यसबाट आइपर्न सक्ने परिस्थिति लाई मध्य नजर राक्दै काठमाडौ जिल्ला प्रशासनले एक बिज्ञप्ति जारी नै गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी खडक बहादुर श्रेष्ठले विगतको तुलनामा हालैका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएको देखिएको भन्दै नियन्त्रण गर्न निर्देशन दिएको हो ।
‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार ९सुधार० नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नु र नगराउनु हुन हार्दिक अनुरोध छ,’सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यलयले बिज्ञप्ति जारी गरे सगै चन्दागिरी नपाका सबै वाडाले थप बिज्ञप्ति जारी गरेर सिडिओ कार्यलयलाई चुनौती दिएको छ। सिडिओ कार्यालयले समसामयिक तडकभडक रोक्न खोज्नु असाध्यै राम्रो थियो यो कार्यका निम्ति जनप्रतिनिधि लाई समेत ध्यानाकर्षण गराउन ढिलो गर्न नहुने सचेत नागरिक समाजले माग गरेको बताइएको छ।
प्रकाशित मिति:September 9, 2023
November 23, 2024