एजेन्सी । उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
त्यसैगरी, भुकम्पमा परी गम्भिर घाइटे हुनेको संख्या १ हजार ४०० पुगेको मोरोक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ।
मोरोक्को सरकारले ३ दिन राष्ट्रिय शोकको घोषणा गरेको छ भने भुकम्प पिडितहरुका लागि गाँस, बास, कपास तथा अन्यको लागि सहयोग गर्न आव्हान गरेको छ। भुकम्पको दोस्रो रात पनि त्यहाँका मानिसहरुले खुला आकाशमुनि नै कटाएका छन्।
शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।