काठमाडौं, भदौ २४ । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ मा खेल सुरु हुनेछ। भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ ।
सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको थियो।
भारतको भने यो सुपर फोरको पहिलो खेल हो। आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ ।