ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश (सुचिसहित)

  Sampatti News Online

September 10, 2023

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार दिएको हो। ललिता निवास प्रकरणका एकजना अभियुक्तलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ।

कसलाई कति धरौटी ?

मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

केशव तुलाधर– साधारण तारेखमा रिहा

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५०

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १०

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकरि घिमिरे –७ लाख ५० हजार

प्रकाशित मिति:September 10, 2023