विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार (प्रेस मिज्ञप्ति सहित)

  Sampatti News

September 11, 2023

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ ।

श्यामकृष्ण च्वामू श्रेष्ठसहति सात जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित दायर भएको मुद्दाको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको हो । अख्तियारले उनीहरुविरुद्ध १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालले सरकारी सार्वजनिक सम्पत्ति हानि नोक्सनी र गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिए । 

झूठा बिल भरपाई बनाई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा शिवबहादुर गुरुङसहित चार जनाविरुद्ध दायर भएको मुद्दामा विशेष अदालतको गत माघ २५ गतेको फैसलाले सफाई दिएको थियो । 

त्यस्तै, गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएका चिरञ्जिवी थापासहित दुई जना;लाई विशेषले गत फागुन २३ गते क्लिनचिट’ दिएको थियो । ति दुवै फैसलामा आयोगको असन्तुष्टी छ ।

प्रकाशित मिति:September 11, 2023