भक्तपुर । प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषदको सदस्य सचिब जिबनारायण काफ्लेले आफ्नो सेवा नसकिएको जिकिर सहितको मुद्दामा गएकाले स्टेअडर जारी संगै अलमलमा परेको सिटिभिटी पुनः सर्वोच्चका न्यायाधीश मनोज शर्मा सहितको टिमले खारेज गर्दिएसंगै अब रफतार बढेको बताएको छ।

निमित्तको जिम्मेवारी मन्त्रालयले सुम्पेको छ। तर अब को होला सबैको ध्यान त्यतै छ।सबै आ-आफ्नो लबिङमा लागेका छ्न्। कतिपयले त बिद्यार्थी, निजि बिधालय र नेताको टिम नै बनाएर परिचालन गरेको बुझिन आएको छ। संस्था भित्रका एक ईमानदार ,निष्ठामा बिश्वास राख्ने महेश भट्टराई सिनियर निर्देशक मात्रै होइनन् उनको नैतिकताको छबि उत्तिकै अग्लो छ।
संस्था भित्रको बेथितिलाई राम्ररी नियाल्नु भएका तिनै निर्देशकले जिम्मेवारी पाए केही गर्छन् र विद्युत प्राधिकरणमा कुलमानको इन्ट्रीले छोडेको सन्देश जस्तै अब यो संस्थामा आबश्यक महशुस भैरहेको अभाव साच्चिकै निर्देशक भट्टराईले पूरा गर्लान् , निमित्त सदस्य सचिबको जिम्मेवारी मन्त्रालयले दिए संगै जिज्ञासा त्यतिकै बढेको छ। मन्त्रालयले वरिष्ठतमको आधारमा भट्टराई लाई जिम्मेवारी दिएको छ।
को होला सिटिभिटिको कन्फर्म सदस्य सचिब
अब राष्ट्रिय योजना आयोगको माननीय सदस्यको अध्यक्षतामा बन्ने समितिले ले यो काम पूरा गर्ने छ। यो पदमा उहाँका समकक्षीहरु नै मैदानमा खडा हुनेभएका छ्न। सिटिभिटिका निर्देशकहरु टेकबहादुर मल्ल ,बिनोद बडाल, दिपक पौडेल ,भुवनेश्वर ढुंगाना,प्रमोदभक्त आचार्य , देबेशचन्द्र देबकोटा सहितको नाम सदस्य सचिबका निम्ति योग्य उमेदवार हो भन्ने चर्चा बजारमा चलेको छ। उनीहरु पनि आआपना योगदानको चर्चा सहित सदस्य सचिबको जिम्मेवारी पाए जनमानसमाले खोजेको नतिजा दिन्छौं भन्दै आबेदन दिने दिनको प्रतीक्षामा रहेको बुझिन्छ ।
समाचार श्रोतका अनुसार सदस्य सचिब छनोट समितिले बनाएको मापदण्डअनुसार आबेदन दिएका मध्येबाट नै छनोट गर्नुपर्ने हुन्छ।निमित्तको जिम्मेवारी पाएका निर्देशक भट्टराई नै सदस्य सचिब बन्ने प्रबल सम्भावना रहे पनि समिति सामु कार्य सम्पादन क्षमता प्रस्तुतीकरण फितलो भएमा उल्लेखित निर्देशक मध्येबाट नै सिटिभिटिको सदस्य सचिब बन्नुहुने छ। समाचार श्रोतका अनुसार सदस्य सचिब छनोट प्रक्रिया चलिरहेका बेला निजि क्षेत्रका मफियाहरु आआपना उमेदवार बोकेर पनि सचीव ,मन्त्री देखि प्रधानमन्त्री सम्म लबिङका निम्ति टिम बनएरै लागिपरेको बुझ्नेहरुले निको मानेका छैनन।यस्तो परिस्थितिबाट अगाडि बढेको सन्दर्भलाई बुझेर अबको सिटिभिटी साच्चै “माफिया मुक्त सिटिभिटी बनाउन” चलाउन सक्ने सदस्य सचिब छनोट होस भन्ने आम सरोकारवालाको सुझाव रहेको बुझिन्छ ।