ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु

Nepal Cover
३१ भाद्र २०८०, आईतवार
image

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा  जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जंगलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यहरूको मृत्यु भएको हो।

जहाजमा सवार यात्रु आन्तरिक पर्यटक भएको बताइएको छ। भारी वर्षा भएकाले ल्यान्डिङका क्रममा जहाज दुर्घटनाम परेको आशंका गरिएको छ।

घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन्। अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन्।

ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ।