श्वेताको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को ट्रेलर सार्वजनिक

Nepal Cover
६ मंसिर २०७५, बिहीबार
image

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहेको चलचित्र कान्छीको ट्रेलर सार्वजनिक भएको छ ।

फाल्गुन ४ गतेबाट देशैभर रिलिजको तयारीमा रहेको चलचित्र कान्छीको निर्देशक आकाश अधिकारी हुन् भने  यस चलचित्रको निर्माण अभिनेत्री श्वेता खड्काले आफैले  गरेकी छिन ।

यस चलचित्रको   अन्य कलाकारहरुमा नीर शाह, अनु शाह, कामेश्वर चौरसिया,  प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ ,आशान्त शर्मा आदि रहेका छन्।

यसै चलचित्रको ‘चरी चट्ट परि’ बोलको एक गित अहिले दर्शकहरुबाट अत्याधिक मनपराइएको छ । यो गीत अहिलेसम्म युटुबमा नब्बे लाख भन्दा धेरै  हेरिएको छ ।