हाथवे इन्भेष्टमेण्टको आईपीओ बाँडफाँट

  Sampatti News Online

September 19, 2023

काठमाडौं । असोज २ गते, मंगलबार हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीले सर्वसाधारणमा भदौ २१ गतेदेखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये १ लाख २१ हजार ३८७ जना आवेदकहरूले २० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १० जना आवेदकले भने २१ कित्ताका दरले आईपीओ पाएका छन् ।  

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ७० हजार ९९१ जनाले २ करोड ९७ लाख ५९ हजार ८२० कित्ता शेयर खरीद माग गरेका थिए । यी मध्ये १२ लाख ६७ हजार ७०९ जनाको २ करोड ९६ लाख ५१ हजार ५२० कित्ताको आवेदन मात्र रितपूर्वक भएको छ । रितपूर्वक नभएको ३ हजार २८२ जनाको १ लाख ८ हजार ३०० कित्ताको आवेदन भने रद्द भएको छ । 

प्रकाशित मिति:September 19, 2023