कृषि विकास बैंकले घरघरमा डाक्टरको बैंकिङ कारोबार गर्ने

  Sampatti News Online

September 19, 2023

काठमाडौं । अत्याधुनिक बैंकिङ्ग सेवामा कृषि विकास बैंक निकै नै तत्पर देखिएको छ । बैंकले प्रविधिमैत्री आधानुनिक बैंकिङ्ग सेवा प्रवाहमा अग्रसर देखिएको हो ।

कृषि विकास बैंकले व्यावसायिक विविधता कायम गर्दै बैङ्किङ बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको छ । हालै बैंक र घर–घरमा डाक्टर प्रालिबीच व्यावसायिक सहकार्यको सम्झौता भएको छ। घरघरमा डाक्टरले रोग निधान तथा प्रतिरक्षाका लागि सरसल्लाहसहितको उपचारको प्रबन्ध गर्दछ भने कृषि विकास बैङ्कले घरघरमा डाक्टरका ग्राहकहरूको ५ लाखको दुर्घटना बिमासहितको बैङ्क खाता खोली कारोबारमा सहजता कायम गर्दछ।

यता, घरघरमा डाक्टरले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

बैंकले व्यासायिक विविधता कायम गर्दै बैंकिङ बजारमा आफ्नो उपस्थितीलाइ दरिलो बनाउदै लगेको छ । कृषि विका बैंक सरकारी बैंकहरुमा कृषि कर्जाको लागि उत्कृष्ट मानिन्छ । बैंकले गैर कृषि व्यवसायमा समेत दक्षता हासिल गर्नेगरि नै आफ्ना सेवा विस्तार गरिरहेको छ ।

प्रतित पत्र, बैंक जमानत, सुन खरिद विक्री, विदेशी मुद्रा कारोवार लगायत सवै प्रकारका विद्युतीय बैंकिङ व्यावसायमा अग्रसर रहेको छ । बैंकिङ्ग सेवा मात्र नभई सामाजिक कार्यमा पनि बैंकले आफ्नो उपस्थिति उत्तिकै बाक्लो बनाउँदै आएको छ । यसकाका लागि बैंकले विभिन्न संघ/संस्था तथा कम्पनीहरुको सहकार्यमा ग्राहकमैत्री सेवा विस्तार गरिरहेको छ ।

पछिल्लो पटक बैंकले घर घरमा डाक्टर प्रालिसंग व्यावसायिक सहकार्यको सम्झौता भएको गरेको छ । अब रोग निधान तथा प्रतिरक्षाका लागि सरसल्लाह सहितको उपचारको प्रवन्ध घरघरमा डाक्टर प्रालिले गर्ने छ । यता, कृषि विकास बैंकले भने घरघरमा डाक्टर कम्पनीका ग्राहकहरुको पाँच लाखको दुर्घटना बीमा सहितको बैंक खाता खोली कारोवारमा सहजता कायम गर्नेछ ।

उक्त सम्झौता पत्रमा घरघरमा डाक्टर प्रा.लि.का अध्यक्ष हेमा जि.सि र कृषि बिकास बैंक लि.का उप–महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले हस्ताक्षर गरेका छन ।

विधिवत रुपमा कारोबार सुभारम्भ पश्चात अध्यक्षले कृषि विकास बैंकसंगको सहकार्य एक महत्वूर्ण सामाजिक काम गरेको बताए । उनले भने,–‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ । यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्वन्धमा परामर्श तथा उपचार पद्धतीका सम्वन्धमा सचेतना अभिवृद्धी गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्नेछ । ’

उनले कृषि विकास बैंकसंगको सहकार्य बैंक अन्य निजी क्षेत्रका बैंकभन्दा अब्वल रहेको बताए । बैंकिङ कारोबार तथा ग्राहक सेवामा कृषि विकास बैंक समर्पित रहेको उनको भनाई थियो ।

सोही अवसरमा बैंकका उप–महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले गुनासो बैंकिङ्ग सेवामा कृषि विकास बैंक तत्पर रहेको बताए । उनले बैंकिङ्ग सेवामा मात्र नभई सामाजिक कार्यमा पनि बैंक अग्रसर रहेको जानकारी गराए । घरघरमा डाक्टर कम्पनीका सेवाग्राही तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा सुविधा दिने गरि सहकार्य गरिएको उनको भनाई छ । उनले भने,–‘कृषि विकास बैंक अत्याधुनिक बैंकिङ्ग सेवामा तत्पर छ । घरघरमा डाक्टर कम्पनीसंगको सहकार्यले थप प्रोत्साहन गरेको छ । उक्त कम्पनीका सेवाग्राही तथा कर्मचारीको तलब वचत खाता लगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोवार समेत बैंकले गर्नेछ ।’

पछिल्लो समय सरकारी बैंकको कारोबारमा आम सर्वसाधारणको सकरात्मक प्रतिक्रिया रहेको उप–महाप्रबन्धक न्यौपानेले बताए । सरकारी बैंक नै बैंकिङ्ग सेवाको मेरुदण्ड हुने गरि कार्य गर्नुपर्ने उनको भनाई छ । उनले भने,–‘बैंकिङ बजारमा सरकारी बैंकको कारोबारका सम्वन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको छ । सरकारी बैंक नै देशको बैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्वन्धलाई थप मजवुत बनाई दिगो प्रभावकारी कारोवार गर्नुपर्छ ।’

प्रकाशित मिति:September 19, 2023