चौथो त्रैमासको वित्तीय विवरण नबुझाउने यी कम्पनीहरू हुन् (सुिचसहित)

  Sampatti News Online

September 20, 2023

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले चौथो त्रैमासको वित्तीय विवरण समयमै उपलब्ध नगराउने सूचीकृत कम्पनीको नाम सार्वजनीक गरेको छ। सेबोनले सार्वजनीक गरेको सूचि अनुसार अझै २४ वटा कमपनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण अझै बुझाएका छैनन्।

तयस्तै समयमै वित्तीय विवरण पेस गर्नेमा १३९ वटा कम्पनी छन् भने ढिलो गरी पेस गर्नेमा ६४ वटा छन्।

धितोपत्र बोर्डको तथ्यांकअनुसार समयमै वित्तीय विवरण पेस गर्नेमा १९ वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १३ वटा फाइनान्स कम्पनी, होटेल तथा पर्यटन समूहका ३ वटा कम्पनी, ४१ वटा जलविद्युत, लगानी समूहका ३ वटा, ६ जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ वटा कम्पनी, ३१ वटा लघुवित्त, ७ निर्जीवन बीमा कमपनी, अन्य तथा व्यापार समुहका १–१ वटा कम्पनी छन्।

यसैगरी ढिला गरी वित्तीय विवरण पेस गर्नेमा एउटा विकास बैंकसहित होटेल तथा पर्यटन समूहमा ३ वटा कम्पनी, जलविद्युत समूहका २८ वटा कम्पनी, जलविद्युत समूहका ३ वटा कम्पनी, २ वटा जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका ४ वटा कम्पनी, १८ वटा लघुवित्त, र ५ निर्जीवन बीमा कम्पनी ६४ वटा कम्पनी छन्।

कुल २२७ कम्पनीमध्ये ३ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ११ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त र व्यापार तथा अन्य समूहका १–१ वटा कम्पनी गरी २४ वटा अहिलेसम्म वित्तीय विवरण पेस नगरेको धितोपत्र बोर्डले जनाएको छ।

प्रकाशित मिति:September 20, 2023