सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति

  Sampatti News

September 20, 2023

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्कासन गर्न भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% सिटिजन्स  बैंक बोन्ड नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।   

प्रकाशित मिति:September 20, 2023