सुनको मूल्यमा समान्य गिरावट

Nepal Cover
४ आश्विन २०८०, बिहीबार
image

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ छ ।

बुधबार छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।