शेयर बजारमा ४४.३४ अंककाे उछाल

Nepal Cover
४ आश्विन २०८०, बिहीबार
image

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। शेयर धितो कर्जामा १२ करोडको सीमा हट्ने हल्लाले बजारमा उच्च अंकको वृद्धि भएको हो  ।

आज नेप्से ४४.३४ अंकले बढेर दुई हजार २९ दशमलब ७८ विन्दुमा बन्द भएको छ ।  त्यस्तै, आज तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने १० कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ । 

आज एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४.०७ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको आज २० करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।