September 22, 2023
काठमाडौं : चालू आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ।
प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् निर्यात गरेको तथ्यांक बिहीबार सार्वजनिक गरेको हो।
साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा रहेको प्राधिकरणको भनाइ छ।
२ महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणले बताएको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरिने बताउँदै आएको छ।
तर यो २ महिनामा काठमाडौँ उपत्यकामै पनि पटक पटक बत्ती जाने समस्या देखिएको थियो। काठमाडौँ उपत्यकाबाहिर दैनिक लोडसेडिङ हुने गरेको छ।
प्रकाशित मिति:September 22, 2023
November 25, 2024