गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

  Sampatti News Online

September 27, 2023

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् गैरहाजिर भएका अन्यको विवरण –

प्रकाशित मिति:September 27, 2023