नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Nepal Cover
१० आश्विन २०८०, बुधबार
image

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो दुई कारोबार दिन घटेको नेप्से, मंगलबार बढेर बन्द भएको थियो। तर, यस दिन नेप्सेले पुनः गिरावटलाई निरन्तरता दिएको छ।

मंगलबार १८.४५ अंकले बढेको शेयर बजार आज १८.६० अंकले घटेर दुई हजार ४ दशमलब ३० विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । मंगलबार १९० वटा कम्पनीको शेयरमूल्य बढेको थियो । 

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूलय आज ९.९० प्रतिशतले बढेको छ । यसका साथै आज एशियन हाइड्रोपावर लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि आज ७ प्रतिशतले बढेको छ ।

आज लक्ष्मी भ्यालुफण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो इन्स्योरेन्सको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।