विश्वमा कोरोना संक्रमितको संख्या २ करोडको नजिक

  Sampatti News

July 27, 2020

काठमाडौँ। विश्वमा सोमबारसम्म १ करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ६ लाख ५२ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ।

सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५ सय ५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८ सय ४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६६ हजार २ सय २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८ सय ३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८ सय ४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३ सय ६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ एक लाख ३४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९ सय ६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ दुई लाख ८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ।

युरोपमा २७ लाख ८४ण् हजार ८ सय ४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ५ सय ३२ को मृत्यु भएको छ। एसिया ३९ लाख ५ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ।

अफ्रिकामा आठ लाख ५० हजार ६ सय २८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८ सय ८ जनाको मृत्यु भएको छ। ओसियानामा १६ हजार ६ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ सय ८३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति:July 27, 2020