दुई डिआईजिको बढुवा

  Sampatti News

July 28, 2020

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई डीआईजीलाई एआईजीमा बढुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेका एआईजी पदमा डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीलाई बढुवा गरेको हो।

गृहमन्त्रालयको बढुवा समितिको असार ३१ गते बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको वैठकले शाहीलाई एक नम्बरमा र कार्कीलाई दुई नम्बरमा बढुवा सिफारीस गरेको थियो।

प्रकाशित मिति:July 28, 2020