काठमाडौँ । युरोपेली केन्द्रीय बैंक (ईसिबी) लाभांश वा बोनस नदिन आग्रह गरेको छ। ईसिबीले युरोपेली युनियनका देशमा छरिएका बैंकहरूलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको हो।
कोरोनाभाइरसका कारण मुलुकमा आर्थिक उतारचढाव प्रर्याप्त सुरक्षा व्यवस्था गर्नको लागि ईसिबीले यस्तो आग्रह गरेको हो। ईसिबीले यसअघि पनि आगामी अक्टोबर २०२० सम्मका लागि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो।
र्ईसिबीले मंगलबार जारी गरेको विज्ञप्ति जारी गर्दै कोरोनाकालमा बैंकहरूमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश बितरण रोक्नु पर्ने उल्लेख गरेको छ।