उद्योग बाणिज्य महासंघलाई अख्तियारको पत्र

  Sampatti News

July 28, 2020

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई भ्रष्टचार भएको भन्दै पत्र काटेको छ। नेपाल सरकार र महासंघबीच संचालित कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मङ्गलबार पत्र काटेको हो।

अख्तियारले महासंघको कृषि उद्यम केन्द्रमा करोडौं रकम भ्रष्टाचार भएको विषयमा छानविन भैरहेको र छानविनका क्रममा कतिपय प्रमाणहरु अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्न पत्र काटेको हो।

०७५ पुसमा उद्यम केन्द्रमा भ्रष्टचार भएको भन्दै उजुरी परेको थियो। त्यस पश्चात अख्तियारले महासंघको फाइल मगाएर अनुसन्धान गर्दा खर्च विवरणको विल भौचर नरहेको, खर्च गरेको आधार नभेटिएको तथा काटिएको विल भौचर पनि प्रस्ट नभएकाले थप कागजातसहित एक हप्ताभित्र उपलब्ध गराउन पत्रमार्फत निर्देशन दिएको छ।

अख्तियारले कृषि मन्त्रालय र महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रद्वारा संयुक्त रुपमा संचालित १ जिल्ला १ उत्पादन अन्तर्गतका विभिन्न ४ वटा आयोजनाहरुको खर्च विवरण पारदर्शी नभएको भन्दै पत्र काटेको छ।

प्रकाशित मिति:July 28, 2020