शेयर बजारमा दाेहाेराे अंककाे गिरावट

  Sampatti News Online

October 5, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज ११.०४ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको हो ।        

त्यस्तै, आज एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बराही हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.३० प्रतिशतले बढेर प्रतिकित्ता ५०२.८० रुपैयाँ पुगेको छ । यस्तै, आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ८.२६ प्रतिशतले बढेर प्रतिकित्ता ३७८.९० रुपैयाँ पुगेको छ ।    

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।      

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

    

प्रकाशित मिति:October 5, 2023