तुइन तर्ने क्रममा डोरी चुँडिदा नदीमा खसेर एक जना बेपत्ता

  Sampatti News

October 8, 2023

काठमाडौं । हुम्लामा तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।

स्रोतका अनुसार हुलाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुईन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा खसि बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको स्रोतले बताएको छ ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थान तिर जाने क्रममा शनिबार साँझ ६ बजे ल्याप्चेमा रहेको तुईनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएका हुन् । यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति:October 8, 2023