१४ लाख भन्दा बढी रकमसहित जुवाडे पक्राउ

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाडौँ। प्रहरीले १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई पक्राउ गरेको छ ।सोलुखुम्बु जिल्लाको सोताङबाट जुवा खेलिरहेको अवस्था उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो।

सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको छ। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। यति ठूलो परिमाणमा जुवा खालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना रहेको प्रहरीेले जनाएको छ।