संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा द्वन्द्व थप चर्किन नदिन आग्रह

Nepal Cover
२१ आश्विन २०८०, आईतवार
image

काठमाडाैं ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन् ।

“संयुक्त राष्ट्रसङ्घको महासचिवका हैसियतमा मैले द्वन्द्व थप चर्किनबाट रोक्नका लागि सबै कूटनीतिक प्रयास गर्न आग्रह गर्दछु,” गुटेर्रेसले भने, दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम हो ।”

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणहरूमा सयौँ व्यक्ति हताहत भएका छन् । हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ ।