काठमाडौँ । मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका साइला तामाङ नामक व्यत्तिसँग सामान्य भनाभन हुँदा उनले खुकुरी प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
घम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए। खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।