प्रहरी प्रवक्तामा कडायत नियुक्त

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा कुवेर कडायतले पाएका छन्।


यसअघिका प्रवक्ता निरजबहादुर शाही एआईजीपीमा बढुवा भएसँगै नयाँ जिम्मेवारीका साथ कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।


शाही बढुवा भएर मानव स्रोत तथा प्रशासन विभागमा गएपछि प्रहरी प्रधान कार्यालयमा नै आईजीपीको सचिवालयमा कार्यरत कडायतलाई प्रवक्ता तोकिएको हो।