झापा दमक घर भई हाल मुम्बैमा बस्दै आइरहेकी नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदिति बुढाथोकीलाई भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि अहिले उनको तुलना पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन सँग गरिँदैछ।
अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गर्दै नेपालमा अभिनेत्रीका रुपमा उदाएकी बुढाथोकी आफ्नो पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढ्दैछिन्।
यसअघी उनि भारतमा म्यूजिक भिडियो र मोडलिङबाट विस्तारै चर्चामा आउँदै गर्दा उनले भारतका डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा काम गरेर मोडलिङ दुनियाँमा आफ्नो अमिक छाप छाड्न सफल भैसकेकी छन् ।